नियम ३
समितिको काम, कर्तब्य र अधिकार
ऐनको दफा ५ मा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त समितिको अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) बिरुवा स्वस्थता तथा संरक्षण सम्बन्धी कार्यमा नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने,
(ख) जीवित परिमार्जित वस्तु तथा अनुवांशिक परिमार्जित वस्तुको आयातबाट बिरुवा संरक्षणमा पर्न सक्ने जोखिमको अध्ययन गरी त्यसको प्रभावलाई न्यून गर्न आवश्यक कार्य गर्ने, गराउने,
(ग) क्वारेन्टाईन शत्रुजीवयुक्त बिरुवा तथा बिरुवाजन्य उपजहरु नेपालको एक ठाउँबाट अर्को ठाउँमा प्रवेश गर्न रोक लगाउने सम्बन्धमा नेपाल सरकारलाई सिफारिस गर्ने